citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै

ट्रेजरी बिलको बोलकबोल अनलाइन मार्फत आज कार्तिक १ गते दिउँसो ३ बजे खुला हुनेछ ।

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु.११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिलको आजदेखि बिक्री गर्न लागेको छ ।

राष्ट्र बैंकले ९१ दिन अवधिको रु. २० करोड, १८२ दिन अवधिको रू. ५ अर्ब र ३६४ दिन अवधिको रु. ६ अर्ब गरी जम्मा रु. ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

९१ दिन अवधिको ट्रेजरी बिल आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने बिल आगामी २०७९ वैशाख र ३६४ दिने बिल २०७९ साल कात्तिक १ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले गत असोज २५ गते रु. १३ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ट्रेजरी बिलको बोलकबोल अनलाइन मार्फत आज कार्तिक १ गते दिउँसो ३ बजे खुला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, विकास बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ ।

के हो ट्रेजरी बिल ?

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधि अनुसार यस्तो बिल जारी गर्ने गर्छ ।

२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिदैन ।

 

 

 

himalayan life insurance
igi long