मुक्तिनाथ विकास बैंकका कार्ड होल्डरलाई प्रदेश–५ मा विभिन्न सहुलियत

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को प्रदेश–५ अन्तर्गत दाङ्ग, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ ।
यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताएका छन् ।