citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

चर्को आवाजले सर्वसाधारणलाई डिष्टर्व गर्ने मोटरसाईकल चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको भन्दै कारवाही गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्बसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको ढकालले जानकारी दिए । ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नुपरेको ढकालले बताए ।

मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु तर्सिने गरेका छन् । ती बाइकहरु तिव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज हुने भएकाले मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु बेहोस समेत हुने गरेको पाइएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठकाअनुसार फागुन महिनामा मात्र १८५ वटा मोटरसाइकल कारबाही गरिसकेको छ ।

त्यसरी समातिएका मोटरसाइकलहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना स्वरुप १ हजार देखि १५ हजार रुपैयाँ सम्म जरिवाना गराईएको छ । समातिएका मोटरसाइकलहरु मध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलहरुलाई चलाउन रोक लगाएको छ ।

त्यसैगरी मोडिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकलहरुलाई भने पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिए । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार ठूला आवाज निकाल्ने मोटरसाइकलहरुमा होण्डा डर्ट, हार्डफोर्ड भीआर, डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायतका बाइकहरु पर्दछन् । यस्ता गलत गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ ।

यस्ता किसिमका मोटरसाईकलहरू कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण सर्बसाधरणहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

gold
himalayan life insurance long ad