stcnepal long ad
global ime bank long

आज नबिल ब्यालेन्सड् फण्ड ३ को इकाई बाँडफाँड हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल ब्यालेन्सड् फण्ड ३ को इकाई आज बाँडफाँड हुने भएके छ । फण्डको इकाई आज नक्साल स्थित नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहान बाँडफाँड हुने जनाएको छ। फण्डले गत भदौ २५ गते देखि भदौ २९ गते सम्म उक्त इकाई बिक्री खुला गरेको थियो।

फण्डले प्रति इकाई मुल्य १० दरको १० करोड इकाईमध्ये बिज पूँजी वापत न्युनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक नबिल बैंक लिमिटेडको लागि १४ प्रतिशत वा न्युनतम १ करोड ४० लाख इकाई तथा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई १ प्रतिशत वा न्युनतम १० लाख इकाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याएको थियो।

फण्डको इकाईमा कुल १ लाख ४३ हजार १ सय ११ जना आवेदकले २१ करोड ५२ लाख ५१ हजार २० इकाई खरीदका लागि आवेदन दिएका थिए। यस आवेदन माग गरिएको ईकाइ भन्दा २।५३ गुणा बढी हो । नबिल ब्यालेन्सड् फण्डले ३५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।

IME Lifesidebar
kumari