citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौँ । नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिका बीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने गरी बुधबार व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

धादिङ सदरमुकाम धादिङ वेशीमा आयोजित एक समारोहमा नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख भीमप्रसाद ढुङ्गाना र नेपाल बैङ्कका तर्फबाट बैंकका बागमती प्रदेश प्रमुख सुन्दर पन्थीले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चालू आर्थिक वर्षमा नीलकण्ठ नगरपालिकाका २८० उद्यमीले प्रत्यक्ष लाभ लिने छन् ।
सम्झौता लागू भएसँगै उद्यामीले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन् । उक्त कर्जामा उद्यमीले व्याजमा अनुदान पाउने छन् । सम्झौता बमोजिम असल ऋणी मध्ये महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्नेछन् । बैंकले यो कर्जा प्रवाह गर्दा सेवा शुल्क नलिने जनाएको छ ।

सम्झौता तथा घोषणा सभामा नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले नगरपालिकासँग सहकार्य गर्न पाएकामा खुशी व्यक्त गर्दैै यस कार्यक्रमबाट किसानले सहुलियतपूर्ण कर्जा सुविधा पाउने र नगरपालिकाबाट थप व्याज अनुदान पाउने बताए । नगरप्रमुख ढुङ्गानाले नेपाल बैंक मार्फत मेयर विकास उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न पाउनु गौरवको विषय भएको बताए ।

gold
himalayan life insurance long ad