citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

मेगा बैंक र नागरिक एपबीच सम्झौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । मेगा बैंक नेपाल र नेपाल सरकारको नागरिक एपबीच सम्झौता भएको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो ।

डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधि मार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

मेगा बैंकका डिजिटल एण्ड इबैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार, नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिनेछ ।

साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न गर्न सक्ने बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank