बैंकहरूको बोनस शेयर बढन सक्ने
भदौ १५ गतेसम्म म्याद थप भएकाले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित गर्ने समय थप हुने र खराब कर्जा व्यवस्थापन सहज हुँदा वितरण योग्य नाफा बढ्न सक्ने बैङकरहरूले बताए

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको बोनस शेयर बढ्न सक्ने भएको छ ।
राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशनमा २०७८ असार मसान्तभित्रमा असुल हुने पर्ने ब्याज उठान २०७८ भदौ १५ गतेसम्म पुर्याएकाले बैंकको वितरण योग्य नाफामा वृद्धि हुने देखिएको छ ।
भदौ १५ गतेसम्म म्याद थप भएकाले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित गर्ने समय थप हुने र खराब कर्जा व्यवस्थापन सहज हुँदा वितरण योग्य नाफा बढ्न सक्ने बैङकरहरूले बताएका छन् ।
राष्ट्र बैंकले ऋणमा पनि प्रोभिजनिङ बढाएको छ । राष्ट्र बैंकले असल ऋणमा प्रोभिजनिङ १।३ प्रतिशत पुर्याएको छ । यसअघि असल ऋणमा १ प्रतिशत मात्र प्रोभिजनिङ गरे पुग्ने थियो ।
यसले गर्दा हाल ४१.५ खर्ब कर्जामध्ये खराब कर्जा र पुनरतालिकीकरण गर्दा ३९ खर्बमा थप ०.३० प्रतिशत खराब कर्जा थप हुने बैंङकरहरूको विश्लेषण छ । त्यस्तै, ११.७ खर्ब थप कर्जा नोक्सानीका लागि व्यवस्थापन गर्न पर्ने देखिने छ ।
राष्ट्र बैंकले पहिले गइसकेको ऋणमा कोभिड १९ महामारीको समयमा पुनरुत्थान भनेर चालु पुँजीको २० प्रतिशत र आवधिक ऋणको १० प्रतिशतसम्म थप नगद दिने ब्यवस्था गरेको थियो ।
अतिरिक्त ऋणमा १ प्रतिशत प्रोभिजनिङ गर्दा हुनेमा अहिले ५ प्रतिशत पोभिजनिङ गर्नु पर्ने भएको छ । तर, प्रोभिजनिङमा गरिएको नयाँ ब्यवस्थाले लाभांस वितरण क्षमतामा ३० प्रतिशतसम्मको गिरावट आउने छ ।
बैंक तथा वित्तीय संस्थाहरुको खुद नाफा ७.४ अर्ब कम हुन सक्ने छ । त्यस्तै, बढी कर्जा प्रभाव गरेका बैंकहरुको आर्थिक वर्ष २०७७/०७८को नाफामा ठूलो असर पर्ने विश्लेषण रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८को लाभांश वितरणमा खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत वा २०७८ असार मसान्तको कायम निक्षेपको भारीत औषतभन्दा बढी नहुने देखिएको छ ।
यस्तो वितरण योग्य मुनाफा ५ प्रतिशतभन्दा भएमा कर प्रयोजनका लागि बाहेक नगद लाभांश दिन नपाइने भएकाले बैंकहरुले अब बोनस शेयर दिन तर्फ लाग्ने समेत बैङकरहरूले विश्लेषण गरेका छन् ।