stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

असार २८ गतेदेखि लक्ष्मी बैंकले ऋणपत्र बिक्री गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । असार २८ गतेदेखि लक्ष्मी बैंकले  ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लगेको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । यसमध्ये ८ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

बाँकी १२ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा वार्षिक व्याजदर ८।५५ पाइनेछ ।

यस ऋणपत्रमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन ११ गतेसम्म बिक्री खुला हुनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

लक्ष्मीले ऋणपत्र निष्कासनका लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

prabhu mahalaxmi
kumari