अम्बिका श्रेष्ठ महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा नियुक्त
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. कोे २०७८ आषाढ १८ गते शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले श्रीमती अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रीमती अम्बिका श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएको थियो भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुल्नु भएको छ ।
व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययनपूरा गर्नु भएकीश्रीमती श्रेष्ठ Nepal Finance Institution Association / Development Banker’s Association मा लामो समयसम्म आवद्ध रहनु भएको थियो ।
त्यसै गरीे विभिन्न राष्ट्रियतथाअन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि कामगर्नु भएको थियो ।


























