stcnepal long ad
global ime bank long

कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत ग्राहकले पाए साँढे १३ लाख बीमा दाबी भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौँ । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुने गरी स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गरिआएकोमा, बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ ।

विहीबारसम्म ६१ जनाले बीमा दाबी भुक्तानी प्राप्त गरिसकेका छन् । हालसम्म परिवार सुरक्षा बचत खाता मार्फत बीमित ग्राहकहरुले रु १,३५५,१८३ बराबरको दाबी रकम प्राप्त गरिसकेका गरेका हुन् । यीमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको बैंकको भनाई छ । उक्त बीमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको जनाएको छ ।

IME Lifesidebar
kumari