stcnepal long ad
global ime bank long

सेञ्चुरी कमर्शियल बैंकले लाभांश पारित गर्न चैत १४ गते डाक्यो वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौँ । सेञ्चुरी कमर्शियल बैंकको नवौँ वार्षिक साधारण सभा चैत १४ गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन ३० गते बैंकको शेयर दाखिल खारेज बन्द(बुक क्लोज) हुने निर्णय गरिएको कम्पनी सचिव तुल्सीप्रसाद भट्टराईले जनाएका छन् ।

सञ्चालक समितिले प्रस्तावित गरेको बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाद ७१ हजार ५ सय ७६ रुपियाँमा रु. १६ करोड ८३ लाख ९ हजार ४ सय २३ रुपियाँ बराबरको बोनस शेयर र ४.७५ प्रतिशत नगद लाभांश पारित गर्ने कम्पनी सचिव भट्टराईले बताए ।

IME Lifesidebar
kumari