stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

लक्ष्मी बैंकको ८९ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा लक्ष्मी बैंकको ८९ लाख २० हजार ५०८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई १०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।
हाल यस बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड २५ लाख ६० हजार रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । लक्ष्मीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा छ ।
prabhu mahalaxmi
kumari