Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सिटिजन्स बैंकको सुचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारी

civilbank long ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त गरेको छ ।

करिव २२ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आउनु भएका राजेन्द्रलाल श्रेष्ठले स्थापनाकाल देखि नै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रही कार्य सम्पादन गर्नु भएको छ ।

भारतको पुणे स्थित सिम्बायोसिस इन्स्यिच्युट अफ बिजनेस मैनेमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्षता रहेको छ । हाल उहाँ बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रुपमा समेत कार्यरत हुनुहुन्छ।

यसैगरि प्रवक्तामा नियुक्त हुनु भएका नारायण राज अधिकारीसँग करिव १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल हुनुहुन्छ । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आउनु भएको छ ।

“भित्र सिस्टम र बाहिर इमेज”को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहनुभएका बैंकका प्रमुख कार्यकारी अधिकृतगणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उहाँहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्तगर्नु भएको छ ।


३१ वैशाख २०७८, शुक्रवार १५:५८ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad