जोन्टा क्लव अफ काठमाडौँद्वारा कोभिड १९ विरुद्ध जुँध्न परोपकार अस्पताललाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान
काठमाडौँ । कोभिडका केसहरुमा भर्खरको वृद्धिले देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको छ। यो अवस्था विशेष गरी गर्भवती र भर्खरका आमाहरु जो कोभिडबाट संव्रmमित छन् उनीहरुको लागि गम्भीर रहेको छ।
यही कोभिडको संक्रमण को संख्यामा बढ्दै गएको प्रतिक्रियाको अनुरुप जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर दान गरेको छ ।
चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तानतरण गरियो।
अप्रिल २०२० मा पहिलो लकडाउनको क्रममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण सहित जोन्टाले कोभिडको विरुद्ध लडाईमा लिएको यो धेरै मध्यको एक पहल हो ।
जोन्टा क्लवअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन् “महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ हामीआशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्ने छ ।“