मौद्रिक नीतिको समीक्षा : सेयर बजारमा कस्तो पर्ला दीर्घकालीन प्रभाव ?

५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन एवं साना तथा मझौला पेशा–व्यवसायका लागि लिने कर्जा कर चुक्ता प्रमाणपत्रको आधारमा पाउन सकिने मौद्रिक नीतिको समीक्षमा उल्लेख गरिएको छ । यसले अप्रत्यक्ष रुपमा पुँजी बजारमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यसअघिको मौद्रिक नीतिमा भन्दा फरक लघुवित्त कम्पनीहरुले आफ्नो कुल कर्जाको एक तिहाई अनिवार्य रुपमा कृषि क्षेत्रमा प्रभाह गर्नुपर्ने भनिएको छ । लघुवित्तहरुले वार्षिक २०% भन्दा बढी लाभांश वितरण गर्दा प्रस्तावित लाभांश मध्ये त्यसभन्दा माथिको २५% रकम ग्राहक संरक्षण कोष र २५% रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । यसको प्रभाव अध्ययन गर्न बाँकी छ ।
यसैगरी, नेपाली नागरिक, फर्म तथा संस्थाले व्यवसाय सञ्चालन वा विस्तार गर्न केन्द्रीय बैंकको स्वीकृति लिई भारतबाट १० करोडसम्मको भारतीय रुपैयाँ र अन्य मुलुकबाट १० लाख सम्मको अमेरिकी डलर कम्तिमा ३ वर्ष अवधिका लागि सहुलियतपूर्ण ब्याज वा विना ब्याजमा ऋण तथा सापटी लिन पाउने व्यवस्था गर्नु राम्रो हो । समग्रमा पुँजी बजारको हित नै हुने देखेको छु ।
यसले लघुवित्त कम्पनीहरुको भाउमा केही असर गर्छ कि भन्ने लागेको छ । यता, ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन एवं साना तथा मझौला पेशा–व्यवसायका लागि लिने कर्जा कर चुक्ता प्रमाणपत्रको आधारमा लिने व्यवस्था भएको छ । यो सकारात्मक पाटो हो । समग्रमा पुँजी बजारको हित नै हुन्छ भन्ने ठानेको छु ।