stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकको एकीकृत हेल्प डेस्क’ सेवा सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएसँगै ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन एकीकृत हेल्प डेस्क’ सेवा सञ्चालनमा ल्याएको छ । असहज परिस्थितिमा ग्राहकलाई अत्यावश्यक सेवा सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्क स्थापना गरिएको बैंकले जानकारी दिएको छ ।

निषेधाज्ञाको समय बैंकको शाखासम्म आउन नसक्ने ग्राहकले डिजिटल माध्यम मोबाइल, इन्टरनेट बैंकिङ, वेबसाइट तथा आई सर्भिसको माध्यमबाटै आफूलाई आवश्यक पर्ने सेवा लिन सक्ने गरी उक्त सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त डिजिटल माध्यमबाट सेवा लिन कठिनाइ भए वा सेवासम्बन्धी गुनासो भए वा कुनै जानकारी लिनुपरे ग्राहकले खटाइएका विज्ञ अधिकृतलाई सम्पर्क गरी समाधान पाउन सकिने बैंकले बताएको छ । यसका लागि बैंकले टोल फ्री वा सीधै सम्पर्क गर्न सकिने फोन सेवा सञ्चालनमा रहेको जनाएको छ ।

जोखिमका बेला यी सेवासम्बन्धी जानकारी लिन यसले सघाउ पुग्ने विश्वास बैंकको छ । केन्द्रीय तहबाट मात्रै ग्राहकको समस्या तथा गुनासा समाधान नहुने वा समय धेरै लाग्न सक्ने अवस्थालाई दृष्टिगत गरेर बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत उपल्लो स्तरका कर्मचारीलाई ग्राहक सेवामा सहयोग गर्न निर्देशन दिएको बताएको छ ।

IME Lifesidebar
kumari