stcnepal long ad
global ime bank long

सारथी नेपाल लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सारथी नेपाल लघुवित्तले आज वैशाख १७ गतेबाट थापक समूहको ४ हजार १५८.५० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँमा यो सेयर बिक्री गरेको हो ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

यो सेयर खरिदका लागि कम्पनीका संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् । यसमा वैशाख २४ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

IME Lifesidebar
kumari