stcnepal long ad
global ime bank long

नेपाल बैंकको नाफा दुई अर्ब २६ करोड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिमा २ अर्ब २६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब ९९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको भन्दा १३.३१% ले नाफा बढाउन सफल भएको छ । बैंकको वितरण योग्य मुनाफा भने एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

गत असारको तुलनामा बैंकको निक्षेप संकलन ७.१२ प्रतिशतले बढेको छ भने कर्जा लगानी २३.८४ % ले बढेको छ । तेस्रो त्रैमासिक अवधिमा बैंकले एक खर्ब ५१ अर्ब निक्षेप संकलन गरि एक अर्ब २७ अर्ब कर्जा लगानी गरेको छ ।

बैंकले खुद व्याज आम्दानी ११.७५ % ले बढाएर ४ अर्ब ७१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा बैंकले ४ अर्ब २१ अर्ब रुपैयाँ आर्जन गरेको थियो ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ छ भने जगेडा कोषमा २१ अर्ब ५१ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

बैंकको खराव कर्जा केहि हदसम्म सुधारिएको छ । यस्तो कर्जा २.६४% बाट २.२९ % मा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी भने २३ रुपैयाँमै स्थिर छ ।

IME Lifesidebar
kumari