stcnepal long ad
global ime bank long

साधना लघुवित्तको यस कारण नाफा उल्लेख्य वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा साधना लघुवित्त वित्तीय संस्थाले ७ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा २९७.१४% ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले १ करोड ९० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

खुद ब्याज आम्दानी ११२.५७% ले बढेर १५ करोड ९५ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ७ करोड ५० लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि ६८४.७५% ले बढेर ९ करोड ४२ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ करोड २० लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

संस्थाले प्रोभिजन २ करोड ९५ लाख ९७ हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष प्रोभिजनमा ३ करोड ३३ लाख ४९ हजार रुपैयाँ थियो । यता, संस्थाको रइट ब्याक रकम ८० लाख ९९ हजार रुपैयाँले बढेर २ करोड ६० लाख ८९ हजार रुपैयाँ पुगेको छ । राइट ब्याक धेरै हुँदा पनि नाफा वृद्धि भएको देखिन सक्छ ।

यता, संस्थाको खारब कर्जा भने ०.६६% ले बढेर २.३३% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.६७% थियो । चैत मसान्तसम्म आइपुग्दा साधना लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक ३९ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६१ पैसा छ ।

IME Lifesidebar
kumari