खुद नाफामा कृषि विकास बैंकको सामान्य वृद्धि
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफामा सामान्य प्रगति गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा १।३९५ ले मात्र खुद नाफा बढेको छ ।
चैत मसान्तसम्म २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको हो । वितरण योग्य नाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि उल्लेख्य मात्रामा वृद्धि हुन नसकेपछि खुद नाफामा सामान्य वृद्धि मात्र भएको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने विस्तार गरेको छ ।
रिजर्भ कोष ९.७९% ले घटेर १० अर्ब ११ करोड ९ लाख रुपैयाँ भएको छ । तर रिटेन्ड अर्निङ भने ७७.४२% बढेर ४ अर्ब ३ करोड पुगेको छ । प्रतिसेयर आम्दानी पनि ३५ पैसाले बढेर २२ रुपैयाँ १९ पैसा भएको छ ।
बैंक व्यवस्थापनका अनुसार तरलता पनि उचितस्तरमा रहेको छ । साना तथा मझौला उद्योग सम्बन्धी व्यवसायमा वृद्धि भएको बैंकले जनाएको छ । यता, किसानहरुलाई डिजिटल बैंकिङ सेवाका लागि तालिम दिने तथा किसान क्रेडिट कार्ड सेवा उपलव्ध गराउने योजना बैंक व्यवस्थापनले बनाएको छ ।























