stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकले ३४९.९६% ले बढायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १०.६०% ले बढेर १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब १६ करोड ६८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा पनि ३४९.९६% ले बढेर ८४ करोड ६९ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १८ करोड ८२ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी ४.०८% ले बढेर ३ अर्ब १६ करोड ३१ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३ अर्ब ३ करोड ८९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ९.२४% ले बढेर १ अर्ब ९४ करोड ४७ लाख २३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०१ पैसा छ ।

IME Lifesidebar
kumari