स्वरोजगार लघुवित्तले ११ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाए
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्वरोजगार लघुवित्तले ११ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ९१.६१% धेरै हो । गत वर्ष यसले ५ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ३७.५४% ले बढेर २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै त्रैमासमा कम्पनीले १६ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ६ करोड २० लाख रुपैयाँबाट बढाएर ८ करोड ८३ लाख पुर्याएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी ४१ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५२ लाख रुपैयाँ छ । यसअवधिमा २ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
स्वरोजगारको खराब कर्जा भने बढेर २.७५% भएको छ । अघिल्लो वर्ष यसको खराब कर्जा १.७३% थियो । यसको कस्टअफ फन्ड ६.८८% छ । चैत मसान्तसम्म आइपुग्दा स्वरोजगारको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा छ ।





















