सिभिल बैंकको कामू सीईओमा सुनिलकुमार पोखरेल नियुक्त
काठमाडौं । सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बैशाख ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै नवनियुक्त कामु सीईओ पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओको पदभार सम्हाल्ने छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजीनामा दिएसँगै बैठकले कामु सीईओमा पोखरेललाई नियुक्त गरेको हो । बैठकले सीईओ गुरुङ्गको राजीनामा आगामी बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।























