stcnepal long ad
global ime bank long

सिभिल बैंकका सीईओ गुरुङ अब विदेशी बैंकको सीईओ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  करार अवधि झण्डै तीन महिना बाँकी छँदा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिनुभएको छ । चैत मसान्तभित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले उहाँको राजीनामा स्वीकृत गरेको छैन ।

सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई त्यही बीचमा विदेशको एउटा बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो ।

विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भए पनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उहाँ पहिलो नेपाली बैंकर हुनुहुन्छ ।

गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा हुनुहुन्छ । उहाँ २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत हुनुहुन्थ्यो यसअघि उहाँले हिमालय बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंकमा पनि काम गरिसक्नुभएको छ ।

IME Lifesidebar
kumari