stcnepal long ad
ime life insurance
national life
global ime bank long

भारतमा रहेका नेपालीलाई पैसा पठाउने सजिलो एप ‘पैसा पठाउने’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भारतबाट पैसा पठाउने एप संचालनमा ल्याएको छ। भारतमा रहेका नेपालीलाई सहज रुपमा नेपालमा पैसा पठाउन पाउन भन्ने उदेश्यले बैंकले यो एप शुरु गरेको हो।

भारतमा रहेका नेपालीले आफ्नो मोबाइलबाट २४सै घण्टा पैसा पठाउन सक्नेछन्। यो एप मार्फत पैसा पठाउँदा छिटो, सुरक्षित र कम सेवा शुल्कमा पैसा पठाउन सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार भारतमा रहेको आफ्नो बैंक एकाउन्टबाट सजिलै नेपालमा रकम ट्रान्सफर गर्न सक्नेछन्। यो एपमार्फत एक पटकमा ८० हजार रुपैयाँ (५० हजार भारु) वर्षमा १२ पटक पैसा पठाउन सकिने बैंकले जनाएको छ।

पैसा पठाउने एपले डिजिटल मोबाइल भुक्तानी प्लेटफार्म भारतीय रिजर्व बैंक (आरबीआई) द्वारा आधिकारिक रूपमा BHIM, UPI, Google Pay, PhonePe, PayTM, WhatsApp Pay, BharatPe & NEFT / IMPS द्वारा अधिकृत गरिएको छ।

 

IME Lifesidebar
kumari