stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे बैंकको क्यूआर कोड तथा वी च्याट पे सेवा लुम्बिनीमा शुरू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एवं गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्यूआर कोड सेवा तथा वी च्याट पे शुरू गरेको छ ।

स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको बिकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अव क्यूआर कोड को माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा क्यूआर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु पहिचान गरि डिजिटल सेवा प्रदान गर्दै जाने उद्धेश्यले लुम्बिनीमा उक्त सेवा संचालनमा ल्याएको छ।

उक्त सेवा संचालन भएपछि मायादेवि मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्यूआर कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरि चाइनिज पर्यटकले वी च्याट पेको माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari