macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कैलाशलाई गाभ्न प्राइम बैंकले पायो अन्तिम स्वीकृति

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं  । प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंकलाई गाभ्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । गत असोज दोस्रो साता मर्जरका लागि सैद्धान्तिक सहमति पाएका प्राइम र कैलाशले गत साता अन्तिम स्वीकृति पाएका हुन् ।

दुई बैंकबीच गत असार २० मर्जरमा जाने सैद्दान्तिक समझदारी भएको थियो भने गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ भने निक्षेप एक खर्ब २८ अर्ब रुपैयाँ र कर्जा एक खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, मर्जपछि देशभर २०० वटा शाखा हुनेछ ।

१४ फागुन २०७६, बुधवार १९:४३ बजे प्रकाशित

NTA long ad