stcnepal long ad
global ime bank long

गण्डकी विकास बैंकद्धारा विध्यालयलाई सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं  ।गण्डकी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा महानगरपालिका वडा नं. ३१, बेगनास स्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयलाई एक समारोहका विच फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ । यसरी वितरण गरिएका समाग्रीहरुमा १५ जना सम्म बस्न मिल्ने ५ वटा सोफा, २ वटा अफिस टेवल तथा कार्पेट लगाएतका सरसामाग्रीहरु रहेका थिए । यस सहयोगबाट विद्यालयको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास लिईएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता बैकका अध्यक्ष सुशिल गौचनले गर्नूभएको थियो भने बैंकका सञ्चालक किशोर ओझा, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा समेतको कार्यक्रममा उपस्थिती रहेको थियो । उक्त सामाग्रीहरु अध्यक्ष सुशिल गौचनको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
उक्त अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै बैंकका अध्यक्ष सुशिल गौचनले विद्यालयलाई आवश्यक भएको फर्निचर सामाग्री सहयोग गर्न पाउँदा खुशि लागेको तथा बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानले समाजका विभिन्न तहका समुदायहरु लाभान्वीत भई रहदा बैंक स्वयंको गरिमा बढेको महशुस भएको जनाउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गण्डकी विकास बैंक नेपाल अधिराज्यभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधाहरु विशिष्टकृत रहेको बताउनुभयो । उहाँले बैंकका अन्य गतिविधिका विषयमा समेत प्रकाश पार्दै पोखराको समिपमा रहेको सामुदायीक विद्यालयलाई यसरी सहयोग गर्न पाउनु अवसर भएको बताउनुभयो ।

विद्यालयका प्राचार्य शिवराज अधिकारीले विद्यालयको गतिविधिबारे प्रकाश पार्नु भएको थियो भने व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीले बैंकले प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै विद्यालयको विकासका लागि आगामि दिनमा समेत बैंकले सहयोग गर्ने बताउनुभयो । उक्त कार्यक्रमको संचालन बैंकका सामान्य प्रशासन विभाग प्रमुख मोहन गिरीले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षीका, विद्यार्थी, अभिभावक एवं स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

IME Lifesidebar
kumari