citizens life insurance long ad
stcnepal long ad

न्युरोड स्थित हिमालय माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको न्युरोड स्थित हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागी २ लाख रूपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र बैंकका न्युरोड शाखाका शाखा प्रबन्धक रबिन रेग्मीद्वारा हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली रत्न शाक्य र विद्यालयकी प्रध्यानाध्यापिका हीरा लक्ष्मी श्रेष्ठलाई शौचालयको पुनर्निर्माण गर्नका लागी २ लाख रूपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरे ।

हिमालय माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब २०० भन्दा बढी विद्यार्थीहरु लाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ । विद्यालयको संरचनामा सुधार गर्न, अध्यनरत विद्यार्थीहरुको लागि सफा र स्वच्छ शिक्षण वातावरण सिर्जना गर्ने मनसायका साथ शौचालय पुनर्निर्माण गर्न सो सहयोग गरेको हो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ ।

IME Life
kumari