इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १३% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ४७८ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर बुधबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले मंगलबार अन्तिम कारोबार मूल्य ५४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले माघ ८ गते बस्ने साधारण सभाको लागि आज बुधबार पुस २२ गते बुक क्लोज गरेको छ । पुस २१ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १३५ बोनस सेयर र कर प्रयोजन सहित ५.५०% नगद लाभांश वितरण गर्न लागेको हो ।























