stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते बिहीबार अन्तिम दिन हो । प्रभुले १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद लाभांश गरी कुल १०.५२% लाभांश वितरण गर्दैछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।

प्रभुको साधारण सभा पुस २६ गते हुने भएको छ । १९औं वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् । कोरोनाका कारण सेयरधनीलाई भर्चुअल रुपमा सभामा उपस्थित गराउने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari