स्टान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि बिहीबार यसको सेयर कारोबार ६१२ रुपैयाँलाई आधार मानेर खुल्नेछ ।
पुस २४ गते सभा बोलाएको बैंकले आज पुस ९ गते बिहीबार बुक क्लोज गरेको छ । यसर्थ, बुधबार (पुस ८ गते) सम्म कायम सेयरधनीले ७% बोनस र ४.८४% नगद गरी कुल ११.८४% लाभांश सुरक्षित गरेका छन् ।























