stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नारायणी डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा, ५०% बोनस पनि समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको नेप्सेमा सेयर कारोबार फुकुवा भएको छ । २०७० चैतदेखि सेयर कारोबार रोक्का रहेको यस बैंकको २०७७ मंसिर ८ गतेबाट कारोबार खुला भएको हो ।

राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरे लगत्तै सेयर कारोबार रोक्का भएको थियो । राष्ट्र बैंकले २०७७ साउन ८ गतेदेखि बैंकलाई समस्याग्रस्तबाट सशर्त फुकुवा गरेको थियो ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएसंगै बैंकले हकप्रद निष्काशन माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । बैंकले १ः१ अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

यता, नेप्सेले बैंकको चुक्ता पुँजीको ५०% बोनस सेयर समायोजनपछि प्रतिकित्ता २९० रुपैयाँमा ओपन रेञ्ज पनि तोकेको छ । बैंकको २ लाख १८ हजार ७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कारोबार हुनसक्ने गरी सूचीकृत भएको नेप्सेले जनाएको छ ।

prabhu mahalaxmi
kumari