stcnepal long ad
global ime bank long

ग्लोबल आईएमई बैंकका ग्राहकले अब ‘खल्ती’ बाटै भुक्तानी गर्न सक्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बैंकको कमलादी स्थित प्रधान कार्यालयमा आयोजित समारोहमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका हुन् । सो सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका डाइरेक्टर अग्रवालले ‘हामी ग्लोबल आईएमई बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नु पर्दैन ।’ बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यस सहकार्य सँगै हामीले नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडि सारेका छौँ । त्यसैगरी ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीेले ‘हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नु हुनेछ ।

IME Lifesidebar
kumari