सांग्रिला डेभलपमेन्ट बैंकको स्थापना दिवसमा आमा घरलाई सहयोग
sf7df8f}F !# sflt{s Mdf}zd ;kmf ePkl5 laxLaf/ sf7df8f}F sLlt{k'/af6 b]lvPsf] b'Zo . df}zd v'n]df pkTosfaf6 pQ/L If]qdf /x]sf lxd>[ªvnfx? ;u/dfyf, dgf:n',uf}/Lzªs/,Nxf]T;],dsfn',s~rghª3f lxdfn cfbL lxdfnx? b]Vg ;lsg] ;lsG5 .tl:a/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १६औं वाषिर्कोत्सवको अवसरमा आमा घरलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौ, रविभवनस्थित आमाको घरलाई आर्थिक सहयोग गरेको हो ।
उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रति वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।























