stcnepal long ad
global ime bank long

डोटीको दिपायल पिपल्ला बजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखाको उदघाटन संयुक्तरुपमा गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले डोटी लगायत देशका अन्य जिल्लाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताउँदै ग्लोबल आइएमई बैंकको उपस्थितिले डोटीकोे आर्थिक समृद्धिमा थप सहयोग पुग्ने र सम्पूर्ण देशवासीको मन जित्न सफल हुने बताउँदै बैंकलाई थप प्रतिष्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न समेत आग्रह गरे ।
ग्लोबल आइएमइ बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट आधुनिक एवम् अन्तर्राष्ट्रिय स्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन गर्ने र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीेले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिए ।
त्यस्तै डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेलले ग्लोबल आइएमई बैंकले गाउँघरमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको र मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याई मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

IME Lifesidebar
kumari