stcnepal long ad
nabil bank
Himalayan bank
national life

सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता  – शिक्षामन्त्री

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा सिकाइ केन्द्रित रुपान्तरण गर्नु अबको आवश्यकता भएको बताउनु भएको छ ।
शिक्षा पत्रकार समूहले आफ्नो २० औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री पोखरेलले संविधानको मौलिक हकमा शिक्षा विषय समावेश, नयाँ शिक्षा नीति जारी र नयाँ कानूनको निर्माण हुनुले शैक्षिक रुपान्तरणको बाटो तय गरेकाले अब स्थानीय तह र शिक्षक तथा समुदायले सक्रिय जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । प्रविधि र सुशासनलाई जोड दिँदै सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता हो मन्त्री पोखरेलले भन्नुभयो  शिक्षाले दिनुपर्ने ज्ञान, सीप र चरित्र निर्माणका लागि अभिभावकहरुले पनि आफ्नो तर्फबाट रुपान्तरणका लागि हस्तक्षेप गर्न आवश्यक छ । मन्त्री पोखरेलले भन्नुभयो ः गुणस्तरका नाममा अंग्रेजी भाषा सिकाउँ तर नेपाली बिगार्न पाइँदैन ।”
शिक्षाका सबै मुद्धाहरु पत्रकारिताका माध्यमबाट उजागर भएको जनाउँदै शिक्षामा पछिल्लो समयमा भएका शिक्षाका ठूला ठूला परिवर्तनलाई स्थान दिन आग्रह गर्नुभयो । उहाँले मन्त्री पोखरेलले विद्यालय शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा तथा उच्चशिक्षा सम्बन्धी अलग–अलग संघीय शिक्षा ऐन ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले सञ्चार माध्यममा राजनीतिक विषय हावी भएको स्थितिमा शिक्षाका समाचारलाई प्राथमिकता दिलाउन सञ्चारकमीको भूमिका रहेको उल्लेख गर्दै हरेक स्थानीय तहमा भएका शिक्षाका अशल अभ्यासलाई नेपाली समाजको मूल प्रवृत्ति बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री पोखरेलले नकारात्मक पत्रकारिता मूलधार नबनोस् भन्दै समाज र देश निर्माण गर्न पत्रकारिताको योगदान हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्यि आकांक्षासहित शिक्षामा २५ वर्षे दीर्घकालीन सुधारको खाका तयार गरिएको जनाउनुभयो ।
शिक्षाविद् केदारभक्त माथेमाले शिक्षामा समुदायको अपनत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । अर्का शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षक र विद्यार्थी दलीय आधारमा नभई रुपान्तरणका लागि स्पष्ट भएर जागरुक हुनुपर्ने बताउनुभयो ।
शिक्षाकर्मी र शिक्षा पत्रकार सम्मानित
कार्यक्रममा सार्वजनिक शिक्षाको रुपान्तरणमा सक्रिय शिक्षाकर्मी र शिक्षा पत्रकारलाई सम्मानित र पुरस्कृत गरिएको थियो । समूहले काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा जानुका पौडेल नेपाल, बाँकेको सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारु र रुपन्देही स्थित कान्तिपुर दैनिकका समाचारदाता अमृता अनमोललाई सम्मान गरेको छ । कार्यक्रममा पौडेल र थारुलाई उहाँहरुले शिक्षा क्षेत्रमा दिनुभएको योगदानका लागि सम्मान तथा पत्रकार अनमोललाई रु २५ हजार राशिको तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरियो । समूहका तत्कालीन कार्यसमिति सदस्य भुसानको तीन वर्षअघि नवलपरासीको सवारी दुर्घटनामा निधन भएको थियो ।
सम्मानित व्यक्तित्व नेपालले आफूले २०६२ कार्यरत विद्यालयमा प्रधानाध्यापक हुँदा पूर्वाधार अभाव र सय जना मात्र विद्यार्थी रहेकामा हाल उचित वातावरण निर्माणसहित विद्यार्थी संख्या र गुणस्तर वृद्धि भएको बताउनुभयो । कार्यक्रममा समूहले प्रकाशन गरेको विद्यालयमा माध्यमभाषा′ नामक पुस्तकको विमोचन गरिएको थियो ।
समूहका अध्यक्ष रोश्ना सुब्बाका अनुसार जारी अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

kumari bank
kumari
nawakantipur long