stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल एग्रोको नाफा ४२.४९५ ले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल – ५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय  संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४२.४९५ ले धेरै हो । गत वर्ष यस कम्पनीको नाफा ४५ लाख २ हजार रुपैयाँ थियो ।       खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि क्रमशः १०९.३८५ र ९५७.३४५ ले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा १ करोड ४ लाख ९३ हजार रुपैयाँ रहेको यो कम्पनीको खुद ब्याज आम्दानी अहिले बढेर २ करोड १९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि गत वर्ष ६ लाख ३३ हजार रुपैयाँमात्र रहेकोमा अहिले बढेर ६६ लाख ९३ हजार रुपैयाँ पुगेको हो ।                                                                                                                                                पुससम्म यस कम्पनीले २३ करोड ३ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ करोड ६५ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल एग्रोको चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार रुपैयाँ र जगेडा कोषमा १ करोड ५८ लाख १० हजार रुपैयाँ रहेको छ ।
यस त्रैमाससम्म खराब कर्जा १.३३५ छ । गत वर्ष खराब कर्जा अनुपात ०.५६५ थियो । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७६ पैसा छ ।

prabhu mahalaxmi
kumari bank
kumari