नेपाल एग्रोको नाफा ४२.४९५ ले बढ्यो
आर्थिक सञ्जाल – ५ फाल्गुन २०७६, सोमबार
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४२.४९५ ले धेरै हो । गत वर्ष यस कम्पनीको नाफा ४५ लाख २ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि क्रमशः १०९.३८५ र ९५७.३४५ ले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा १ करोड ४ लाख ९३ हजार रुपैयाँ रहेको यो कम्पनीको खुद ब्याज आम्दानी अहिले बढेर २ करोड १९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि गत वर्ष ६ लाख ३३ हजार रुपैयाँमात्र रहेकोमा अहिले बढेर ६६ लाख ९३ हजार रुपैयाँ पुगेको हो । पुससम्म यस कम्पनीले २३ करोड ३ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ करोड ६५ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल एग्रोको चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार रुपैयाँ र जगेडा कोषमा १ करोड ५८ लाख १० हजार रुपैयाँ रहेको छ ।
यस त्रैमाससम्म खराब कर्जा १.३३५ छ । गत वर्ष खराब कर्जा अनुपात ०.५६५ थियो । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७६ पैसा छ ।