सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा. लि. बीच सम्झौता
काठमाडौ. । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.का तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले SWARAZ MAZDA (SML) ब्राण्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.बाट नयाँ गाडी खरीद गर्न चाहेमा १२.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ ।
बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँंदछौं ।






















