टेरापे र जिएमइ रेमिटबिच रेमिट्यान्स सम्बन्धी सम्झौता
काठमाडौं । डिजिटल रेमिटान्स कम्पनी टेरापे र जिएमइ रेमिटबिच रेमिटान्स सम्झौता भएको छ । जिएमइ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापेका सम्पूर्ण एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।
सो सम्झौतापत्रमा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र टेरापेको तर्फबाट निर्देशक दिल्शाद राजबलीले हस्ताक्षर गरेका छन् ।
सो सम्झैतापश्चात् नेपालमा जिएमइ रेमिटसँग आवद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने गरी खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ।