stcnepal long ad
ime life insurance
national life
global ime bank long

युनाईटेड फाईनान्सको सिल्भर जुब्ली बचत खाता सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल ४ फाल्गुन २०७६, आईतवार
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता सञ्चालनमा ल्याएको छ ।
एक घर एक खाताको अभियानलाई निरन्तरता दिंदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आजदेखि नै सञ्चालनमा आएको छ ।
यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १००। जम्मा गरिने तथा निशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईने फाईनान्सले जनाएको छ ।
नेपालकै पुरानो मध्येको यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ ।
कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ र यो योजना सबै शाखा कार्यालयहरुमा लागु गरिेछ । यो योजना हाललाई फागुण महिना भरीका लागि मात्र सञ्चालनमा ल्याईएको छ ।

IME Lifesidebar
kumari