stcnepal long ad
global ime bank long

कुमारी बैंकले फूड फर लाईफ नेपाललाई ५ लाख सहयोग गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

शुक्रबार,२ फागुन २०७६
काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुड फर लाईफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग गरेको छ । उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजन गराउँदै आएकाले प्रोत्साहन स्वरूप बैंकले रु पाँच लाखको सहयोग गरेको छ ।
पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवम् समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्ने उद्देश्यले बैंकले सो सहयोग पुर्याएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोहका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
देशभर १२६ शाखा सञ्जाल, ११७ एटिएम, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकलाई अत्याधुनिक सेवाहरु दिदैँ आएको कुमारी बैंकले आगामी दिनमा पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउँदै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari