stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई चेक हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ. । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई रु.२,५०,०००/–(अक्षरेपी रु. दुई लाख पचास हजार ) को चेक हस्तान्तरण गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने छ ।
उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गर्नुु भयो ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जानकारी बैंकले जारी गरेको विज्ञप्तीमा गरिएको छ ।

prabhu mahalaxmi
kumari