stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत भटनागर फिर्ता, दीपककुमार डेलेलाई जिम्मेवारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरलाई विदेशी साझेदार भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ ।

अब उनको ठाउँमा भारतीय स्टेट बैंकले दीपककुमार डेलेले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले भारतीय स्टेट बैंकको निर्णयलाई सदर गरी भटनागरलाई फिर्ता पठाउन स्वीकृति दिएको हो ।

उनलाई भदौ १९ गते कार्यालय समय पश्चात लागू हुने गरी भारत फिर्ता हुन बैंकले स्वीकृति दिइएको हो । सोही बैठकले दीपककुमार डेले पद बहाल नहुँदासम्मका लागि नायब कार्यकारी प्रमुख शुभकान्त कानुनगोलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

नेपाल एसबीआई बैंक र विदेशी साझेदार भारतीय स्टेट बैंक बीचमा प्राविधिक सेवाका विषयमा सझौता भएको छ । प्राविधिक सम्झौता अनुसार प्रमुख कार्यकारी लगायत केही विशिष्ट श्रेणीको पदमा उतैबाट पठाउने व्यवस्था छ । नेपाल एसबीआई बैंकमा भारतीय स्टेट बैंकको लगानी छ ।

prabhu mahalaxmi
kumari