नेप्सेमा रिलायन्स लाइफको आइपीओ सूचीकरण
काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब मंगलबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसाभित्र रहेर हुनेछ । आरएलआई संकेतमा यसको कारोबार खुला हुनेछ । रिलायन्सको २ करोड १० लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।
























