राष्ट्रिय वाणिज्य बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले यस अघि १२ अंकको खाता नम्बर थियो सोही खाता नम्बर परिवर्तन गरेर १६ अंकको बनाएको जनाएको छ ।
बैंकले एसएमएस सेवा लिएका ग्राहकलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकरी गराई सकिएको जनाएको छ ।
त्यस्तै बैंकले मोबाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा बाट पनि नयाँ खाता नम्बर थाहा पाउने ब्यबस्था गरिएको एक सुचना मार्फत जानकारी गराएको छ ।

























