citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

कुमारी बैंकको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले १६ हजार ८३० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले जारी गरेको ३५ दिने सूचना अनुसार उक्त शेयर खरिद गर्न पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिइनेछ । सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

इच्छुक संस्थापक शेयरधनीले बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्सालस्थित नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आवेदन पुग्ने गरी पेस गर्नुपर्नेछ ।

बिक्रीमा राखिएको सेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुनेछ । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरका व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

IME Life
ofukuro
kumari