stcnepal long ad
global ime bank long

गिरी, चालिसे र आचार्य मध्ये एकजना सिडिएस एण्ड क्लीयरिङमा सिईओ बन्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओ छनौटका लागि तीन जनाको नाम सिफारिस भएको छ । अन्तिम तीन जनाको सूचिको पहिलो नम्वरमा कृष्ण गिरी, दोस्रोमा भिष्म चालिसे र तेस्रोमा पूर्ण प्रसाद आचार्यको नाम छनौट समितिले सिफारिस गरेको हो ।

अब सिडिएससीमा गिरी, चालिसे र आचार्य मध्ये एक जना सिईओ हुने पक्का भएको छ । गत वर्षको असोज ९ गतेदेखि रिक्त सिईओ पदमा सिडिएस एण्ड क्लीयरिङ हाउसले गत असार १६ गते आवेदन खुल्ला गरेको थियो ।

सुरुमा ७ जनाको आवेदन परेकोमा छ जनाको नाम सर्ट लिष्टमा निकालेर प्रस्तुतिकरण लिएपछि अन्तिम तीन जनाको नाम छनौट समितिले सिफारिस गरेको हो । सिडिएससीले उक्त तीन जना मध्येबाट एक जनालाई आगामी चार वर्षका लागि सिईओ नियुक्त गर्नेछ ।

IME Lifesidebar
kumari