stcnepal long ad
global ime bank long

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन र ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । एनएमबि बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ।

यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।

नयाँ डिजिटल पोर्टल (digi.nmb.com.np) मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा उपकरणबाट सजिलै कर्जाका लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ‘रियल-टाइम’ मा ट्र्याक गर्न सक्नेछन्।

पोर्टलको ‘लोन सर्भिस’ मा गई ‘एक्सप्लोर प्रडक्ट्स’ मा क्लिक गरेर आवश्यक विवरण भरेपछि अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त हुनेछ। उक्त आईडी प्रयोग गरी कर्जा आवेदनको स्थिति सोझै हेर्न सकिने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari