आशा लघुवित्तको बोनस सेयर डिम्याट खाताम

काठमाडौं । आशा लघुवित्तले १२५ बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत असोज १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको छ । असोज १४ पछि डिम्याट गर्नेहरुको सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा हुनेछ । आशाको कात्तिक ७ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १२५ बोनस सेयर कर प्रयोजनार्थ ०.६३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।